हिमपातसँगैको वर्षाले सोलुखुम्बुका किसान हर्षित


Sathsathai News
हिमपातसँगैको वर्षाले सोलुखुम्बुका किसान हर्षित

सल्लेरी - हिमपातसँगै परेको वर्षाले सोलुखुम्बुका किसान खुसी भएका छन्। बिहीबारको हिमपात तथा वर्षादले यहाँका किसान उत्साहित भएका हुन्। लामो समय खडेरीको मार खेपेका जिल्लाका किसान वर्षाद तथा हिमपातपछि गहुँबालीलाई फाइदा भएको तथा अन्य अन्नबाली लगाउने अवसर मिलेकामा हर्षित भएका हुन्। 

हिउँदे वर्षा नहुँदा जमिन सुक्खा थियो भने डाँडापाखा उराठलाग्दा  थिए तर ढिलागरी  परेको पानी र हिमपातले केही राहत महसुस भएको सल्लेरीका ल्हाक्पा शेर्पाले बताए। उनले भने, 'हिउँ नपर्दा गहुँबाली सुकेर गएको थियो, माथिल्लो भेगमा मात्रै होइन तल्लो भेग पनि सुक्खाग्रस्त भएका  बेला परेको हिउँ र पानीले बाली फस्टाउनेमा म ढुक्क छु।'

तल्लो भेगमा समेत हिउँदे वर्षा नहुँदा बालीनाली सुकेर जानुका साथै जमिन नै मरुभूमिजस्तो बन्दै गएको पञ्चनका केशवप्रसाद कोइरालाले बताए। उनले भने, 'हिजोको वर्षाले किसानमा खुसी  ल्यायो तर जमिन भिज्नेगरी पानी नै पर्न सकेन, सुक्खापना अझै त्यस्तै छ, अब पानी पर्ने छाँटकाँट देखिन्न, अझै खडेरीको मारबाट किसानले पार पाएका छैनन्।' वर्षाले खडेरीले सुकेका बाली फस्टाउने आशा किसानमा देखिएको छ। 

हिमपातपछि सगरमाथा क्षेत्र पुगेका पर्यटक पनि खुसी भएका छन्। खडेरीले उराठलाग्दा बनेका पर्यटकीय क्षेत्र रसिलो देखिएको लुक्लाकी दाटी शेर्पाले बताए। उनले भने, 'बल्ल खुम्बुक्षेत्र खुम्बुजस्तो देखियो, हिउँ पर्दै छ, हामी खुसी छौँ, विदेशीहरू पनि हिउँमा रमाइरहेका छन्, अब अलि सुक्खापना हट्छ कि ? यतिखेर लुक्लाबाट देखिने डाँडा हिउँले भरिएर सेताम्मे भएका छन्।'

Related News

  • "Gokyo Climate Summit: A Dialogue for Climate Justice" urges Government of Nepal to lead mountain nations on the issues of climate justice

    A climate conference held in Gokyo of Solukhumbu on Wednesday, marking World Earth Day, concluded

  • Climate crisis risking the life in high Himalayas, local women in Khumjung village feels the change

    Khumjung, located at around 4,000 meters in Ward No. 4 of Khumbu Pasang Lhamu Rural

  • "Nepal PM Commits to Climate Justice After Receiving Summiteers' Summit Report"

    Kathmandu In a major step toward climate justice, the official report from the Summiteers

  • Contacts

        ................

    About Us

          

    Our Team

    Chairperson 
    Prajeeta Karki
    Editor-in-chief 
    Badri Sigdel
    Executive Editor 
    Dilip Prakash Karki
    Editor (English) 
    Sarita Shree Gyanwali 
    Reporter 
    Goma Bista
    Columnist 
    Pradeep Pokherel


    © 2026 All right reserved to sathsathi.com Site By : SobizTrend